|

काठमाडाैं : इन्डिइन प्रिमियर लिगको १४ औं संस्करण आजबाट सुरु हुँदै छ। पहिलो खेल अघिल्लो संस्करणको विजेता टोली मुम्बई इन्डिन्यस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने छ। 

खेल एम ए चिदाम्बराम स्डेडियम चेन्नईमा नेपाली समयअनुसार पाैने ८ बजे हुनेछ। मुम्बई रोहित शर्माको र बेंग्लोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदै छ। 

आज उद्घाटन हुन लागेको आइपिएलमा आज एक खेल मात्र हुने जनाइएको छ। यी दुई टिमबीच आइपिएलको उद्घाटनमा पहिलोपटक भिड्दैछन्। बेंग्लोरले हालसम्म ओपनिङ खेलमा जित निकाल्न सकेको छैन। यो पटक बेंग्लोरलाई ओपनिङ खेल जित्ने पहिलो माैका हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.