|

काठमाडाैं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। 

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभा उद्घाटनमा पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउन सबै हिसाबले प्रतिबद्ध रहेको बताए। 

​उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि उनले बताए। कोभिड महामारीबीच पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको उनको दाबी थियो। ती सबै क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उनले बताए। 

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेको पनि उनले बताए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडका कारण थला परेको अर्थतन्त्रको पुनर्उत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.