|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) १४औँ संस्करणको पहिलो खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई एक सय ६० रनको लक्ष्य दिएको छ।

चेन्नईस्थित एम ए चिदाम्बराम स्टेडियममा टस हारेर पहिला ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५९ रन बनायो। उसका लागि क्रिस लिन र शानदार ब्याटिङ गरे।

लिनले ३५ बलमा चार चौका र एक छक्कासहित ४९ रनको योगदान दिए। यस्तै, सूर्यकुमार यादवले ३१, इशान किशनले २८, कप्तान रोहित शर्माले १९, हार्दिक पाण्ड्याले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अकंमा समेत रन बनाउन सकेनन्।

बलिङमा हर्षल पटेलले घातक बलिङ गरे। उनले ४ ओभरमा रन खर्चिएर २७ महत्वपूर्ण पाँच विकेट लिए। उनले २०औँ ओभरमा मात्रै तीन विकेट लिए थिए। यस्तै, काइल जेमिसन र वाशिङ्टन सुन्दरले एक–एक विकेट हात पारे। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई लिगमा सुखद् सुरुवात गर्न चाहन्छ।

साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदारी पस्कन चाहन्छ। तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंग्लोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन।

बैंग्लोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ। पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ। बैंगलोरले २ खेल जितेको छ।

गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए। आज क्रिस लिन र दक्षिण अफ्रिकाका बायाँ हाते फास्ट बलर मार्को जान्सेनले मुम्बई इन्डियन्सका लागि डेब्यू गरेका छन्। यस्तै, आरसीबीका लागि ग्लेन म्याक्सेवल, काइल जेमिसन र रजत पाटीदारले डेब्यू गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.