अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन्।
४६ वर्षीय फ्लोयडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो। उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो।
जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकृतलाई १० लाख डलर पेन्सन ! |
प्रहरी अधिकारी चोभनका वकिलले फेन्टनायल नामक लागुऔषधका कारण फ्लोयडको निधन भएको दाबी गर्दै आएपनि गतवर्ष सामान्य विवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोयडको मृत्यु भएको भन्ने धारणालाई अधिकांश अमेरिकी समाज तथा विश्व समुदायले विश्वास गरेको तथ्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरूले स्थापित गरेका छन्।
फ्लोयडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उनको मृत्यु भएको बताएका हुन्।
डा. मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएपछि यस विषयले फेरि एकपटक सामाजिक सञ्जालहरूमा उच्च स्थान पाएको छ।
के अमेरिका पछाडि फर्किँदैछ? |
सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोयडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातनाको भिडियो प्रशारण गरिएको थियो। पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।
सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरूले जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।