|
फाइल फोटो ।

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।

गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।

वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौं स्थानमा छ। 

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार सहर विश्वकै प्रदूषित सहर बनेको छ। त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.