|

काठमाडौं : बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले गाडी चालक मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई र गाडीलाई नियन्त्रण लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.