|

काठमाडौं : चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को मुख्य कलाकारमा नायिका सम्पदा बानियाँ छनोट भएकी छन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जका लागि नायक तेज गिरी र नायिकामा बेनिशा हमाल यसअघि नै छनोट भइसकेका छन्।

परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रमा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिसकेका छन्। यस चलचित्रमा शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी आदिको अभिनय रहने छ निर्देशक सेनले बताए।

चलचित्रमा सञ्जय लामाले छायांकन गर्ने छन्। २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा स्पोट ब्वाइको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्। चलचित्र बैशाख पहिलो सातादेखि छायांकन हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.