|

चीनको वुहान सहरबाट गत वर्षदेखि कोरोना भाइरस फैलन सुरु गरेको थियो। जहाँ पुनः भाइरस फैलन थालेको छ। भाइरसको त्रास फैलिएसँगै त्यहाँका युवाहरु डरबाट उठ्ने प्रयास गरिरहेका छन्।

चिनियाँ रजिस्ट्रेसन केन्द्रका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी युवाहरू प्रभावित भएका छन्। मृत्युका त्रासको बीचमै पनि युवाहरु आफ्नो भविष्य खोज्न थालेका छन्। चिनियाँ पञ्जीकरणको रिपोर्ट अनुसार नागरिकहरू पहिले भन्दा बढी जागरुक भएर आफ्ना लागि काम गरिरहेका छन्।

एक अनुसन्धानका अनुसार २०१९ भन्दा २०२० सम्म र १९९० भन्दा अगाडिका युवाहरूको संख्या विगत वर्षको तुलनामा अहिलेका युवाहरु आफ्ना भविष्यप्रति चिन्तित रहेका छन्। अरूका नाममा सम्पत्ति गर्नेहरु पनि बढ्ने गरेका छन्।

विभिन्न परामर्श केन्द्रमा सुझाव लिन आउनेको संख्या गएको महिनाभन्दा अहिले बढदै गइरहेको छ। चिनियाँ नागरिकहरु आफ्ना घर कसरी बनाउन सकिन्छ र तथा सम्पत्ति कसरी बढाउन सकिन्छ त्यस विषयमा सल्लाह लिन गइरहेका छन्।

चिनियाँ लेखक किन चेनले मृत्युको बारेमा लेखेका थिए। जहाँ मृत्युकै बारेमा लेख्दा सामाजिक टकराव उत्पन्न भएको थियो। एक १८ वर्षीय छात्र शियाओहोंगले आफ्नो २० हजार युनान बराबरको सम्पत्ति सहयोग गर्नलाई उनी पुगेकी थिइन्।

'मेरो यो सम्पत्ति साथीलाई सहयोग गर्न चाहन्छु,' उनले भनिन्,' उनले मलाई अप्ठयारो समयमा सहयोग गरेकी थिइन्।' एक अनुसन्धानका अनुसार ८० प्रतिशत युवाहरु अहिले सम्पत्ति अरुलाई दिन चाहिरहेका छन्। ७० प्रतिशत सम्पत्ति अरुलाई दिनलाई इच्छाइएको व्यक्ति खोजिरहेका छन्।

ग्वांग्झौमा चाइना विल अर्गनाइजेशनका निर्देशक यांग यिंगीले कोरोना भाइरसकै कारण धेरै युवालाई मृत्युको बारेमा सोच्न बाध्य बनाएको बताए। उनले भने,' महामारीमा धेरै युवाले सोच्न बाध्य भए। हामी मरिम भने हाम्रो अभिभावक र बालबच्चालाई कसले हेर्छ र सम्पत्तिको के हुन्छ भनेर चिन्ता लिएका भेटिए।'

चिनिया कानुनका अनुसार १८ वर्षमाथिका इच्छाएका व्यक्तिलाई सम्पत्ति दिन पाउने छन्। १६ वर्षका मानिसले स्वतन्त्र रुपमा कमाउन पाउछन्। चिनियाँ नागरिकको औसत आयु ६७ वर्षको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.