फाइनलमा अफ्रिकन रुट एसोसियसन पेनाल्टिमा पराजित

|
फाइल फोटो

काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो।

ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने। उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा  अफ्रिकन रुटलानई निराश बनाएको हो। सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ। उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो। संकटाले एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो भने अफ्रिकनले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको थियो।

खेलको निर्धारित ९० मिनेटसम्म र थप गरिएको ३० मिनेटको समयसम्म पनि दुबै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे भने सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले विफल पारिदिए।

यस्तै अफ्रिकन रुटका यानिक र रिमले गोल गरे भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे। यस्तै अफ्रिकन रुटका कुइटेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो।

खेलको ११ औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए। उनले मौसाको पासमा गोल गरेका थिए। पहिलो हाफमा अफ्रिनले अग्रता बनाएपनि दोस्रो हाफको सुरुमै संकटाले अग्रतालाई बराबरीमा ल्यायो। खेलको ५१ औं मिनेटमा गोलकिपर राजाबाबुको ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

प्रतियोगितामा संकटाका राजाबाबु थापा उत्कृष्ट गोलकिपर , संकटाकै  निरज बस्नेत उत्कृष्ट डिफेण्डर , अफ्रिकनका राफाल उत्कृष्ट मिडफिल्डर , उत्कृष्ट फर्वाड अफ्रिकनका बास्टेक भए भने अफ्रिकनका प्रशिक्षक उत्कृष्ट प्रशिक्षक घोषित भए। विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कप र मेडल दिएका छन्। उनले रंगशालामा बसेर पूरै खेल हेरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.