कोभिडको कारणले रोकिएको विभूषण मात्र प्रदान गर्‍यो

|

काठमाडौं : गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ।

मन्त्रालयले शनिबार जारी गरेको  विज्ञप्तिमा लेखिएको छ– नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ।'

यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणका लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा आएको विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको छ। 

घोषणा तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।२०७७ वैशाखको १ गते कोभिड-१९ का कारण वितरण हुन नसकेको विभूषण मात्र यसपटक सुशोभन गरिएको जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.