पार्टी एकता, देशको समृद्धि ठूलो ठानेर एमालेमा बसिरहेको स्पष्टोक्ति

|

सिन्धुली : नेकपा एमाले नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको डिजाइनमा चलेको आरोप लगाएका छन्।

शनिबार सिन्धुलीमाढीमा माधव नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा नेता पन्तले यस्तो आरोप लगाएका हुन्।

भारतको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको दाबीसमेत पन्तले गरे। ‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिलो योजना नेकपा विभाजन गर्ने, त्यसपछि नेकपा एमाले र नेकपा माओवादीलाई अलग गर्ने अनि एमालेलाई पनि विभाजन गरेर नेपालमा कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने रणनीति छ,’ उनले भने।

उनले प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पार्टीका शीर्ष नेताहरु माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्यामलाई कारबाही गर्दा पनि पार्टी विभाजन हुन नदिन अपमान सहेर बसेको बताए।

पार्टीको एकता, देशको समृद्धि ठूलो ठानेर एमालेमा बसिरहेको उनले बताए। ‘हाम्रो नेतालाई कारबाही गर्दा हामी आफैंले कारबाही भाग्नुपर्ने अवस्था आउँदा पनि हामी किन एमालेमा बसिरहेका छौं भने एमाले पार्टी फुटाउने भारतको रणनीति सफल हुन नदिन हो। तर हामीलाई निकाल्नुहुन्छ भने हाम्रो हातमा दही जमाएर बसेका छैनाैं’, उनले चेतावनी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.