|

काठमाडौं :  म्यानमारको सैनिक सरकारको नरसंहामा शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तिमा ८० जनाको मृत्यु भएको छ।

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको जानकारी दिएको हो।​ यांगुनको उत्तरपूर्वी शहर बगोमा सेनाको गोली लागेर मृत्यु हुनेको संख्या यकिन गरेर भन्ने अवस्था नरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रत्यक्षदर्शीले एक पगोडाको परिसरमा एकको माथि अर्को गर्दै लास राखेर सेनाले घेराबन्दी गरेको बताएका छन्। स्थानीयहरुले अहिले नरसंहारको अवस्था रहेको भन्दै सेनाले बिहानदेखि नै गोली चलाउदै अपराहन्नसम्म सो जारी राखेको बताएका छन्।

फेब्रुअरी १ मा भएको सैनिक कू पछि म्यानमारमा  अहिले सम्म ७०० जना भन्दा बढीको ज्यान गएको बताइएको छ। सैनिक सरकारले भने फेब्रुअरी १ देखि अहिलेसम्म २४८ नागरिक र १६ प्रहरीको मृत्यु भएको  जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.