|

काठमाडौं : बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई उछिन्ने क्रममा बसमा ठोक्किन गई मोटरसाइकल अनियन्त्रित हुँदा बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक चौधरी घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक, ट्रक चालक इलामको देउमाई नगरपालिका-६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङको उर्लाबारी नगरपालिका-४ का ३० वर्षीय खड्कबहादुर भुजेल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.