|

सल्यान : पाखामा लटरम्प फुल्ने लालीगुराँस यस वर्ष नफुलेपछि लालीगुराँसबाट बनाइने जुस उत्पादनमा गिरावट आएको छ।

पहाडी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका सञ्चालक तेजबहादुर थापाका अनुसार यो वर्ष वनमा गुराँस नफुलेपछि जुस उत्पादनमा कमी आएको छ। ‘यो वर्ष कच्चा पदार्थ नै उत्पादन भएन‚' उनले भने‚ 'गत वर्षको केही स्टक फूल थियो। त्यही स्टक फूलबाट अहिले जुस बनाई रहेका छौं।’

विगतका वर्षहरुमा जुस उत्पादनबाट राम्रो आम्दानी भए पनि यो वर्ष भने उत्पादन नहुँदा आम्दानी घटेको थापाले बताए।

कपुरकोट गाउँपालिका-३ कपुरकोटमा उद्योग सञ्चालन गर्दै आइरहेकाका युवाले वनमा फुल्ने लालीगुराँसबाट जुस उत्पादन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन्। प्रत्येक वर्ष गुराँस फुलेको  समयमा जुस उत्पादन गरेर एक बोतलको १४० रुपैयाँमा बिक्री हुने गरेको छ।

कोरोना महामारीका कारण प्रभाव परे पनि गत वर्ष झण्डै पाँच लाख रुपैयाँ आम्दानी भए पनि यस वर्ष एक लाख मात्र आम्दानी हुने थापाले बताए। विगतका वर्षहरुमा गुराँस फूल किसानहरुले वनबाट टिपेर बजारमा ३० रुपैयाँ किलोमा बिक्री गर्ने गर्दथे। जसले गर्दा अन्य युवायुवतीहरुले रोजगारी समेत पाएका थिए।

गुराँस २४ सय मिटरदेखि ३८ सय मिटरको उचाइमा फुल्ने आकर्षक फूल हो। वनस्पतिविदहरु गुराँसलाई प्राकृतिक सम्पदा मान्दछन्। पछिल्लो समय गुराँसको व्यवसायिक प्रयोग बढेको छ। यहाँ उत्पादित गुराँसको जुस  काठमाडौं, नवलपरासी, नेपालगञ्ज, दाङलगायतका जिल्लाहरुमा निर्यात हुने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.