काठमाडौं : सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई नेकपा एमालेको खनाल–नेपाल समूहले कारबाही गरेको छ। एक वर्षको लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। खनाल-नेपाल समूहका संयोजक भीम रावलको नेतृत्वमा बसेको बैठकले अध्यक्ष थापालाई कारबाही गरेको हो।
पार्टीको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गनेजस्तो घातक कार्यमा संलग्न भएको भन्दै कारबाही गरेको विज्ञप्ति जारी गर्दै बताएको छ। पार्टी कार्यालयमा गुन्डा गर्दी र तोडफोड गर्ने काम समेत संलग्न भएको आरोप लगाएको छ।
त्यसो त नेकपाको एकता भंग भएर एमाले ब्युतिएपछि अध्यक्ष केपी शर्मा ओली र खनाल नेपाल समूहले एक अर्को समूहलाई कारबाही गर्दै कमिटी गठन गर्दै आइरहेको छ। अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि कारबाही गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।