|

काठमाडाैं : सिरहा बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ। लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ बताएको हो। 

लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयका कर्मचारी बस्ने अफिसको बाहिरको स्पेसमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

विष्फोटमा परी करिब आधा दर्जन सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। विष्फोटबाट भएको आगलागीका कारण कार्यालयको कागजातसमेत जलेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.