|

विराटनगर :  विराटनगरस्थित  सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। 

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 

खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट पंजाब पुलिस क्लबले अग्रता लिएको थियो। जगदीप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरेका थिए।

खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईको पेनाल्टी एरियादेखिको वान भर्सेस वानको प्रहार पन्जाबका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए। खेलको २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेनाल्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुकेको थियो। 

दोस्रो हाफदेखि आक्रमक भएको पन्जाबले खेलको ८३ औं मिनेटमा अग्रता दोब्बर बनायो। उसका लागि महावीर सिंहले गोल गरे। ५४ औं मिनेटमा निशान्त लिम्बूले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिँदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो।

म्यान अफ दी म्याच जगदीप सिंह घोषित भए। सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ। पन्जाबका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिएका छन। केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे। 

नेसनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपारेको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए। चैत ३१ गते हुने खेलमा अफ्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ क्बलबीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.