|

 काठमाडौं : भारतले कोरोनाविरुद्धको खोप रेमडेसिभिर औषधि निर्यातमा रोक लगाएको छ।  आफ्नै  देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केन्द्रीय सरकारले आइतबारदेखि निर्यातमा रोक लगाएको हो। 

कोरोना भाइरस संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ।

भारतमा एकै दिनमा एक लाख ५२ हजार ८७९ जना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्या तीव्र वृद्धि हुँदै आएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.