काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना मार्फत आज उक्त परिमाणको ट्रेजरी ल बिक्री गर्न लागिएको जनाएको छ।
त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ। यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो। सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ। बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।