|

काठमाडौं : मस्तिष्कघातका कारण कीर्तिपुर नगरपालिका– ७ का वडा अध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ। 

मस्तिष्कघातपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत मालीको आइतबार साँझ निधन भएको  कीर्तिपुर नगरपालिकाका  मेयर रमेश महर्जनले जानकारी दिए। 

आज उनलाई श्रद्धाञ्जली दिइने र नगर परिक्रमासहित अन्तिम संस्कार गरिने महर्जनले बताए।  माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.