उत्तर प्रदेशका विद्यालय अप्रिल ३० सम्म बन्द

|

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दर दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संख्यामा करिब १ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ९०४ जनाको मृत्यु भएको छ।

ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। उत्तर प्रदेशमा भने आगामी अप्रिल ३० सम्म विद्यालयहरु बन्द हुने भएका छन्। नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि प्रदेश सरकारले ३० अप्रिलसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा रात्रिकालीन कर्फ्यु लगाइएको अधिकारीहरुले जनाएका छन्। सरकारकारले कुनै पनि सार्वजनिक कार्यक्रममा १०० जनाभन्दा बढी भेला नहुन आदेश दिएको छ। बन्द स्थानमा गरिने कार्यक्रममा ५० जनाभन्दा बढी भेला नहुन भनिएको छ।

हिजो मात्रै उत्तर प्रदेशमा १५ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले यस्तो निर्णय लिएको हो। उत्तर प्रदेशमा कोरोना महामारीयता संक्रमणका कारण ९ हजार १५२ जनाको मृत्यु भइसकेको छ। अहिले लखनउ, कानपुर, गोरखपुर, गौतमबुद्ध नगर, इलहाबाद, मेरठ, गाजियाबाद, बरेली तथा मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यु लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.