|

काठमाडौं : काठमाडौंमा वायु प्रदूषण फेरि बढेको छ। केही दिनअघि घातक अवस्थामा पुगेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको थियो। तर‚ आज बिहान पुनः प्रदूषण अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो।

प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा प्रदूषणको मात्रा १८९ एक्युआई पुगेको छ। सबैभन्दा बढी प्रदूषण भारतको राजधानी नयाँ दिल्लीमा देखिएको छ। त्यहाँ प्रदूषणको मात्रा २०० एक्युआई पुगेको छ।

२०० भन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ। काठमाडौंको अवस्था अत्यन्त अस्वस्थकर छ। काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ, युक्रेनको किभ र भारतको कोलकाता प्रदूषित सहरका रुपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.