|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका अधिकांश भू-भागहरूको मौसम आंशिकदेखि सामान्य बदली छ। देशका धेरै स्थानहरूमा तुँवालो लागेको छ।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। तर‚ पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केही भू-भागमा तुँवालोको असर पनि रहने छ।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २८ देखि ३० डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.