|

मोरङ : लेटाङ नगरपालिका-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

आइतबार राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकमा लिम्बुले चाएको मे ९ प ९५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.