|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ।

चितवनको रत्ननगर बस्दै आएका पौडेलका भाइ गोविन्दराज पौडेलको आज विहान ७५ वर्षको उमेरमा निधन भएको हो। सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्।

'मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका  रुपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिए', उनले लेखेका छन्।

उनले नातामा भाइ भए पनि आफ्नो साथी जस्तै भएको र सबै कुरा सहयोग गर्ने बताएका छन्।​ 'मेरो राजनीति जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनले एक्लो भएको महशुस गरेको छु। प्रिय भाइ तिम्रो आत्माको चीर शान्तिको कामना' उनले लेखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.