|

इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्याम हट्सपरलाई पराजित गरेको छ।

टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेडले ३–१ गोलको पुनरागमन जित निकालेको हो।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा ३ गोल गर्न सफल भयो। खेलको ४० औ मिनेटमा लुकास मोउराले दिएको पासलाई सन ह्युङ मिनले गोलमा परिणत गरेपछि पहिलो हाफमा टोटेनह्यामले १–० गोलको अग्रता लिएको थियो।

५७ औं मिनेटमा युनाइटेडका फ्रेडले गोल गर्दै पछि खेललाई १–१ गोलको बराबरीमा ल्याए। ७९ औँ मिनेटमा मेसन ग्रिनउडको पासमा एडिसन काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए।

इन्ज्युरी समयमा पाउल पोग्बाको पासमा ग्रिनउडले गोल गर्दै टोलीलाई ३–१ को गोल जित सुनिश्चित गराए।

यो जितसँगै युनाइटेडले लिगको दोस्रो स्थानमा ६३ अंक जोडेको छ। पहिलो स्थानका म्यानचेस्टर सिटीको ७४ अंक छ। ५५ अंक जोडेको वेस्टह्याम चौथो स्थानमा छ।

पाँचौ स्थानमा रहेको चेल्सीको ५४ र छैटौं स्थानको लिभरपुलको ५२ अंक छ।

गएराति पराजित टोटेनह्याम ४९ अंकसहित सातौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.