|

काठमाडौं :  नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले बर्खास्त गरेको छ। 

माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो। माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ। माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए। यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन्।

यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए। ‘शुक्रबारै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। तर, उनीहरुले जवाफ दिएनन्,’ उनले भने,‘अनि कारबाही गरिएको पत्र सभामुखलाई बुझाएका हौं।’

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए। उनले सभामुखसमक्ष बुझाइएको पत्रबारे कानुनी परामर्श भइरहेको पनि जानकारी दिए।

प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद थिए। जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.