|

काठमाडौं : बालबालिकाका लागि लेखिएका ६ वटा कथा संकलित ‘साधनको रुख’ बजारमा आएको छ। लेखक दुर्गा ढेँगाको कथा संग्रह साधनको रुखमा ‘भीरबाट हाम फाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दसा’, ‘एक गेडा चामलको भात’लगायत कथा छन्।

संग्रहको शीर्ष कथा ‘भीरबाट हाम फाल्ने दाजुभाइ’ दुई इर्ष्यालु मूर्ख दाजुभाइको कथा हो। घरमा एउटा मात्र बञ्चरो थियो। बञ्चरो नभए हलो काट्न सकिँदैनथ्यो। दुई दाजुभाइलाई नै हलो चाहिएको थियो। हलोका लागि साधनको रुख चाहिन्थ्यो।

साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ। रुख काट्दा तलतिर झर्छ। तर‚ त्यो रुख माथितिर तान्न खोज्दा दुवै दाजुभाइ भीरबाट खस्छन्।

यस कथा संग्रहमा अन्य पनि यस्तै रोचक लोक कथा छन्। ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ। 
कथालयबाट प्रकाशित यस कथा स्रंगहका चित्रांकनकर्ता यज्जू मानन्धर हुन्। २५ पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.