|

धनकुटा : पत्रकार महासंघको नयाँ नेतृत्वका लागि जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा निर्वाचन सम्पन्न भइसकेको छ। छाता संस्थामा नेतृत्व दिन चुनाव भएपनि  स्वतन्त्र भनिने पेशाकर्मीबीच विभिन्न राजनीतिक दलनिकट प्यानल बनाएरै प्रतिष्पर्धा भयो।

मतदानका लागि हरेक जिल्लामा राजनितिक दल आवद्ध पत्रकारका संघ संगठन एकल तथा चुनावी गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए। तर, नेपाल पत्रकार महासंघ धनकुटाले भने सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको छ।

महासंघ धनकुटाको अध्यक्षमा नगेन्द्र राई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन। उपाध्यक्षमा विदुर खवास, महिला उपाध्यक्षमा देवकला कार्की, सचिवमा हरिबहादुर लम्जेल, सह–सचिवमा ईश्वर थापा, समावेशी सह–सचिवमा पूर्ण कुमार चौधरी, कोषाध्यक्षमा डण्डीकेशर कट्टेल (रविन) सर्वसम्मत चयन भएका मुख्य निर्वाचन अधिकृत ठगिन कुमार राईले बताए।

सदस्यहरूमा मनिषा पोखरेल, अजय सन्तोषी राई, नेवनारायण चौधरी, आकृति राई, शर्मिला राई, नरेन्द्र राई, विकास घिमिरे, विश्वराज श्रेष्ठ, विजय शेखर श्रेष्ठ, आशिष लिम्बू र विशाल लम्जेल सर्वसम्मत चयन भएका छन्‌। 

यसैगरी संघीय परिषद सदस्यमा सञ्जय सन्तोषी राई, सिद्धराज राई, खगेन्द्र प्रसाद घिमिरे, स्मिता निरौला सर्वसम्मत निर्वाचित भएका हुन। प्रदेश परिषद सदस्यमा रमेशचन्द्र अधिकारी, सुमन गुरागाईं, नयराज नेपाल, कविराज घिमिरे, जयन्ती राई, दुखाराम माझी, टकलाल राई, यानिन्द्र तिगेला लिम्बू, मानवी मोक्तान र ब्रह्मलाल हजारी सर्वसम्मत चयन भएका छन्‌। 

पत्रकार महासंघ धनकुटाको १० औं महाधिवेशनले जिल्ला कार्य समिति सर्वसम्मत, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्य सर्वसम्मत चयन गरेको भएपछि धनकुटामा केन्द्रीय समिति र प्रदेश १ कार्यसमिति लागि मात्र निर्वाचन भएको निर्वाचन अधिकृत राईले जानकारी दिए। 

नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रम केही दिनमा हुने राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.