|

लमजुङ : सदरमुकाम बेंसीशहर नगरपालिका-८, झाक्रीचोकस्थित एक हाडवेयर पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ। 

बेंसीशहर नगरपालिका वडा नं. १० घर भएका गंगाबहादुर थापाले सञ्चालन गर्नुभएको हार्डवेयर गएराति साढे १० बजेको समयमा अचानक आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

क्षति विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। गएराति अचानक आगलागी भएको जानकारी पाउने वित्तिकै प्रहरी निरीक्षक पुनको कमाण्डमा ३५ जनाको टोली खटिएका थिए। 

सशस्त्र प्रहरी बल रानीकुवाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम भुजेलको कमाण्डमा १४ जनाको टोली खटिएका थिए। स्थानीय र सुरक्षाकर्मीसहितको टोली आगलागी नियन्त्रणमा लागेका थिए। बेंसीशहर नगरपालिकाको दमकलबाट आगो निभाइएको हो।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। निभाउने क्रममा आगोले पोलेर एक घाइते भएका छन्‌। बारा देउताल गाउँपालिका-४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका हुन्। उपचारका लागि उनलाई जिल्ला अस्पताल लमजुङमा पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.