|

एजेन्सी :  म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन्।

उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन सो एएफपीलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानूनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिए।  

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो। म्यानमारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। 

सेनाले निर्वाचनका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेसनल लिग फर डेमोक्रेसी दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.