|

काठमाडौं :  नेपालमा काेराेना संक्रमण दर निरन्तर उकालो लाग्न थालेको छ। पछिल्लो २४ घन्टामा देशभर ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ३ सय ७८ जनाको पिसिआर र ७ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ९६ जनाकाे पिसिआर पोजेटिभ र ६३ जनाको एन्टिजेन पाेजेटिभ देखिएको हो।

एकैदिन १३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। यस्तै १ सय ३८ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

देशभर ३ हजार ३ सय ६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.