|

बारा : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ को एघारौं संस्करण मंगलबार (भोलि)देखि बाराको सिमरा रंगशालामा शुरु हुने भएको छ। 

दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जितपुरसिमरा गोल्डकप’ नामकरण गरिएको छ । मंगलबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नव जनजागृती युवा क्लबले जनाएको छ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा यसवर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने आयोजक नव जनजागृती युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए। आयोजकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यसवर्ष पनि मोटरसाईकल वा स्कुटर प्राप्त गर्नेछन्।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्डर, हाई स्कोर, फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भु सिंह ठकुरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। 

प्रतियोगिता यसवर्ष साँझमा संचालन गरिने भएकाले मैदानमा फ्लड लाइट जडान गरिएको छ। प्रतियोगिताको विजेताले सात लाख र विजेताले तीन लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। 

पुरस्कार राशिमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको हो । गोल्डकपका लागि करिब ७० लाख ५५ हजार खर्च हुने आयोजक कमिटीले जनाएको छ । गतवर्ष कोभिड १९ का कारण रोकिएको गोल्डकप यसवर्ष बैशाख ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.