|

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६० हजार कोरोना संक्रमित थपिएका छन्। केही दिनयता निरन्तर संक्रमित बढ्दै आएको भारतमा कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार पुगेको छ।

यस्तै‚ त्यहाँ पछिल्लो २४ घण्टामा ८८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थपिएकासहित भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार पुगेको छ।

टर्कीमा पछिल्लो २४ घण्टामा ५४ हजार ५०० कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा ५१ हजार ५००, ब्रजिलमा ३८ हजार ६००, इरानमा २३ हजार र अर्जेन्टिनामा १९ हजार ४०० संक्रमित थपिएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ब्रजिलमा १ हजार ७३८, अमेरिकामा ४५०, फ्रान्समा ३८५ र इटलीमा ३५८ सहित विश्वभर साढे ८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्वभर हालसम्म १३ करोड ७२ लाख मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा २९ लाख ५८ हजार मानिसको मृत्यु भएको छ। ११ करोड ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.