काठमाडौं : २०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई दिइने भएको छ।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सदस्य सचिव ठाकुर पराजुलीले जानकारी दिए।
गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ। २०७७ सालको पुरस्कार भने घोषणा हुन बाँकी नै छ। यसअघि २०७५ सालको पुरस्कार इल्या भट्टराईको कृति ‘दक्षिणायन’ लाई दिइएको थियो।
अर्यालले नियात्रा निबन्धमार्फत मानवीय अनुभूतिलाई चुस्त शैलीमा पस्किएको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पुरस्कार आगामी जेठ १२ गते प्रदान गरिने गुठीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।