|

काठमाडौं : आक्रमणकारीले फ्रान्सको पेरिसस्थित पेरिस अस्पतालमा अन्धधुन्ध गोली प्रहार गरेका छन। उनले गोली प्रहार गरी  एकजना  महिलाको हत्या गर्नुका साथै अर्की महिलालाई सख्त घाईते बनाएका थिए।  

रेडक्रसद्वारा संचालित हेनरी दुनान्ट निजी जेरियट्रिक अस्पतालमा आक्रमणकारीले थुप्रै गोली प्रहार गरेका थिए।  गोली लागेका ती दुई जनालाई उपचारका लागि अस्पताल लगिएकोमा एकजनाको मृत्यु भएको थियो।

घाइते भएकि महिला अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्छिन्। उनि कोविड १९ खोप केन्द्रमा कार्यरत रहेकि छिन। आक्रमणकारीको मनसायको बारेमा कुनै कुरा तत्काल थाहा हुन सकेको छैन।

सो अस्पताल आईफिल टावरको चार किलोमिटर दक्षिणमा र सीन नदीको नजिकमा पर्दछ।  पारस देस प्रिन्सेस फुटबल स्टेडियम पनि त्यहीं नजिकै अवस्थित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.