|

काठमाडौं : वर्ष २०७७ को समय सकिएको छ। हिजोसम्म रहेको वर्ष आजदेखि अनुभव र लिखतमा सीमित रहनेछ। 

अघिल्लो वर्ष कोरोना महामारीका कारण हामीले जे-जस्ता अनुभव गर्‍यौं, जस्ता दु:ख, अभाव र आर्तनादहरू भोग्यौं/सुन्यौं-ती उदेकलाग्दा रहे। आधुनिकतासँगै एक-आपसमा अन्तरघुलन हुन पाएका भूमण्डलका फरक पृष्ठभूमिका मानिसबीच प्रत्यक्ष साक्षात्कार फेरि टुट्यो।

मानव समाजमा महामारीले एकपछि अर्को लहर छाडिरहेको छ र हामीलाई एकान्तमा थन्क्याउन भरमग्दुर प्रयास गरिरहेको छ।

'रवि नपुग्ने ठाउँमा पुग्ने' गरेका कवि/साहित्यकारका भावना र भोगाइलाई पनि कोरोनाले नै लपेट्यो। उनीहरू घुम्न/डुल्न र जीवन तथा समाजका अनेकानेक विम्बहरू बटुल्न नसक्ने स्थितिमा रहे। 

तर, लेख्न त पर्‍यो नै। साहित्यिक कृतिहरूले मानवीय भावना मात्रै होइन, सो लेखिएको समयताका मानिसको मनस्थितिबारे पनि उजागर गर्छ। भलै, त्यो पौराणिक या भविष्यवेत्ता लेखन किन नहोस्‌।

कोरोनाका कारण फुर्सदै फुर्सदमा रहेका कवि लेखकहरूलाई गत वर्ष लेख्ने समयचाहिं पर्याप्त मिल्यो। धेरैले कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी अवधिलाई लेखनमा उपयोग गरे।

वर्षको सुरूवातमा कुनैपनि पुस्तक सार्वजनिक हुन सकेनन्। तर, प्रकाशनको तीव्रता भने रोकिएन। कोरोनाका बीचमा विभिन्न प्रकाशन गृहले विभिन्न विधाका पुस्तक भने सार्वजनिक गरे।

बुक-हिल पब्लिकेशन प्रालिले वर्ष २०७७ मा सातवटा नयाँ कृति सार्वजनिक गर्‍यो।

तीर्थ गुरुङको आपा क्हर्पा कथा संग्रह, गिरि श्रीस मगरको कविता एकलव्यको देब्रे हात, ग्रेटा राणाको उपन्यास गोस्ट्स इन द ब्याम्बो (अंग्रेजी), सौरभको गैर आख्यान असहमति-३, झलक सुवेदीको 'द फ्लिप साइड अफ द बृटिस अम्पाएर' तथा नवराज लम्सालको महाकाव्य अग्नि सार्वजनिक गर्‍यो। र, कुमार नगरकोटीको कल्प-ग्रन्थ कथासंग्रहलाई बजारमा ल्याउँदैछ।

बुकहिलले बितेको वर्षमा केही पुस्तकलाई पुन:मुद्रण गरेको छ। डा. तीर्थबहादुर श्रेष्ठको गैर आख्यान नेपाल नखुलेका पाटाहरू, दमनराज तुलाधरको आत्मकथा, लीलाध्वज थापाको उपन्यास मन, जगदीश घिमिरेको आत्मकथा अन्तर्मनको यात्रा, सौरभको गैर आख्यान असहमति र पिटर जे कार्थकको उपन्यास प्रत्येक ठाउँ: प्रत्येक मान्छे पुन:मुद्रण गरेको हो। यस्तै, बुकहिलले केही अनुवादित पुस्तक पनि प्रकाशन गर्‍यो। खगेन्द्र संग्रौलाको गैरआख्यान सत्ता र सत्य, सुजित मैनालीको गैर- आख्यान युगान्त, गनेस पौडेलको उपन्यास मुसा- मानुष, मल्ल के सुन्दरको उपन्यास विमुक्ति र तुलसी दिवसको नेपाली लोककथा रहेका छन्।

पुस्तक प्रकाशनमा फाइन प्रिन्टले पनि निरन्तरता दियो। वर्ष २०७७ मा फाइनप्रिन्टले १६ वटा पुस्तक सार्वजनिक गरेको छ।

यो प्रकाशन गृहले विश्वम्भर प्याकुरेलको संस्मरण आफ्नैलाई खोज्दा, राजिव उपाध्यायको गैरआख्यान 'कबाल्स एन्ड कार्टेल्स', मनिषा कोइरालाको संस्मरण जिजीविषा, निरञ्जन कुँवरको संस्मरण बिटयुइन क्विन्स एण्ड सिटिज, देवेन्द्रराज पाण्डेको गैर आख्यान एक ज्यान दुई जुनीअर्थ-राजनिति विसंगती राष्ट्र निर्माणको तगारो, असिम सागरको कविता, इमन बल्टरको पुँजीवाद, स्वतन्त्र समाजका आधारशिला, जीवा लामिछानेको यात्रा संस्मरण देश-देशावर, सुरेश बादलको आख्यान रहर, बाबुराम भट्टराईको गैर आख्यान गुमनाम आमाहरू, ददि सापकोटाको गैर आख्यान 'वनको बैभव', मनुजबाबु मिश्रको निबन्ध एकलानुभुति, विजय कुमार पाण्डेको सम्बन्धहरू र वर्षको अन्त्यमा राजनीतिसँगै राजकाज प्रकाशनमा ल्यायो ।

यस्तै, सांग्रिला बुक्सले २०७७ सालमा प्रकाशन गरेका पुस्तकहरूको सूची पनि लामो छ। प्रकाशक मणि शर्माका अनुसार विभिन्न विधाका करिब ३७ वटा पुस्तक र बालबालिकाकालाई उपयुक्त हुने अन्य २६ बाल साहित्यका पुस्तक प्रकाशित गरिएको छ।

सांग्रिलाले बितेको वर्ष रमेशनाथ पाण्डेको इतिहास/संस्मरणमा क्रान्ति-प्रतिक्रान्ति, डा. गोविन्द टन्डनको इतिहासका थप पृष्ठहरू, शरदचन्द्र पौडेलको भ्रस्टाचार: कारण, परिणाम र नियन्त्रणका उपाय, डा. मदनकुमार भट्टराईको परराष्ट्रका प्रशासक, विनोद न्यौपानेको संघीयताको अर्थ राजनीति, ई.महेन्द्र पराजुलीको आँखीझ्यालबाट नेपालको राजनीति, स. उद्धव प्याकुरेलको समाजवाद: समृद्धि र विकास, मीनबहादुर रायमाझीको न्यायपालिकामा ४ दशक, श्रीभक्त खनालको जोर बन्दुकको छाया, गंगा कार्की 'विश्व'को दुसाध्य जनयुद्ध, डा. मतिप्रसाद ढकालको महाभारतमा के छ ?, डा. कृष्णप्रसाद पौडेलको कम्मरीदेखि कोभिडसम्म, बीएन जोशीको श्रामाटन, प्रेमबहादुर बोहोराको कोग्ले: डोल्पाको युवाले चिहाएको संसार रहेका छन्।

यस्तै, श्रीभक्त खनालको एन आरडोस पथ, डा. बाबुराम भट्टराईको अर्थ-राजनीतिक विमर्श, दामोदर न्यौपानेको दासप्रथाको नयाँ रूप, तिलकप्रसाद सापकोटाको यात्रा निरन्तर : लोकतन्त्र प्राप्तिका लागि संघर्ष- डायरी, डा.विजय ज्ञवालीको अमोहा, केदार संकेतको अफगानी रणमैदान, इन्द्रबहादुर भण्डारीको देई, शीवा शाहको कान्छी महारानी, गगनसिंह थापाको महाप्रलय, कृष्णदीप सिग्देलको सेकुवा, शानु शर्माको उत्सर्ग, लेखनाथ क्षेत्रीको फुलांगे, पदम गौतमको विश्रामपुर, खगराज बरालको स्यानी, कमल रिजालको सत्यवती, डा. शंकर गैरेको कृष्ण, नीलम कार्की निहारिकाको द्रौपदी अवशेष, इस्मालीको कामरेडको कोट, डा. दुबसु क्षेत्रीको बेलायतमा नेपाली कथा, सुमन पोख्रेलको जीवनको छेउबाट, सविता गौतमको तिमीलाई कस्तोई छ ?, दश गजलकारहरूको महफील गजलसंग्रह रहेका छन्।    

नेपालयले बितेको वर्ष सरलना गौतमको उपन्यास डुमेरो, मात्रिका प्रसादका निबन्ध, डा. सुधा शर्माको संस्मरण सिंहदरबारको घुम्ने मेच र गणेश लाठको ‘क्षमादान’ बजारमा ल्यायो।

शिखा बुक्सले बितेको वर्ष टंक चौलागाईंको उवडखावड, पुष्कर लोहनीको अदृश्य मान्छे, डा. डीआर उपाध्यायको कफी लभ, वसन्त नेपालको भूमशी, शान्ति लिम्बुको मिति जुनी, दुर्गा रिजालको माँ, ओजराज घिमिरेको इन्द्रमाया, शान्ति शर्माको ग्रिन टावेल, दलिपकुमार मल्लको कलावती, रोशन थापा 'नीरव'को कोष्ठकभित्र हाँसो, डस्मालीको माछो माछो भ्यागुतो, तुलसीहरि कोइरालाको न्यूरोडका झाँकी, महेश कार्की क्षितिजको एक्लो महारथी, नेत्र एटमको प्रिय मौनता, पाठशालाका लघुकथा लघुकथा संयुक्त, लता केसीको चोटदेखि मृत्युसम्म, चन्द्रप्रकाश बानियाँको भौज्याहा, रेशम विरहको सत्ता र स्वप्नदोष, जयप्रकाश गुप्ताको अख्तियारको थुना: मेरो सम्झना, डा. बद्रीनारायण गौतमको गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास, डा. प्रेमबहादुर शाहीको प्रजातन्त्रदेखि गणतन्त्रसम्मका विकासजन्य इ

यस्तै, डा. बालाकृष्ण अधिकारीको मार्क्सवाद र साहित्येतिहास दर्शन, डा. शोभाकर पराजुलीको वीपी विचारसङ्ग्रह, निमौही व्यासको मायामहल, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यती, नरबहादुर बीसीको मान्छे टोक्ने बोक्सी, शैलेन्द्र अधिकारीको गजल रस, डा. साधना पन्त प्रतीक्षाको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा नारीवादी चिन्तन, उषा हमालको भिक्षुसँग प्रेम, प्रा.डा. मनप्रसाद वाग्लेको यौन शिक्षा, खण्डकाव्य त्रयोदश खण्डकाव्यसङ्ग्रह, शोभाकर पराजुलीको वीपी कोइराला र समाजवाद, तृलसी आचार्यको अनूदित संग्रह शेक्सपियरका कथा सहित ४४ वटा पुस्तक बजारमा ल्याएको प्रकाश पुष्पराज पौडेलले जानकारी दिए।

यस्तै, बितेको वर्ष इण्डियो पुस्तकले पनि ९ वटा पुस्तक बजारमा ल्याएको छ।

छकालै- संयुक्त कथा, सिद्ध सिद्धान्त पद्धति- गैरआख्यान, समृद्धिको रोडम्याप- गैरआख्यान, मनको उडान- उपन्यास, विवर्तन- उपन्यास, महिलासँग गुमाउनका लागि केही छैन- अनुवाद, महायवगी गुरु गवरखनाथ र नेपाल- गैरआख्यान, बाल्यकालका संघर्ष- अनुवाद, सिनेमा मन्थन- गैरआख्यान, सपना, कल्पना र फूल – कविता कृति सार्वजनिक भएका छन्।

लिपि बुक्सले बितेको वर्ष बजारमा मुन्नी कथा संग्रहमात्र ल्यायो।

यी बाहेक पनि विभिन्न प्रकाशन गृहले पुस्तक सार्वजनिक गरेका छन्। कोरोनाले अस्तव्यस्त हुँदा पनि नेपाली बजारमा पुस्तकको छपाई र सार्वजनिक कार्यक्रम भने रोकिएन। २०७७ को विश्राम र २०७८ को स्वागतसँगै प्रकाशन गृहहरूले नयाँ पुस्तक ल्याउने तयारी थाल्दैछन्‌।

बुकहिल प्रकाशक खड्काले ७८ मा पुस्तक प्रकाशनमा फरक तरिकाले काम गर्ने बताएका छन्। 'पाठकहरूका लागि २०७८ सालले थप उत्साहित बनाउनेछ, किनभने केही रोचक र महत्वपूर्ण किताबहरू सार्वजनिक हुँदैछन्,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.