|

गुल्मी : गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

मदाने गाउँपालिका-१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका-५ खुँगका ८ बर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए ।

प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विक छोरा गोविन्दसहित सोमबार मात्रै माइत सिर्सेनी आएकी थिइन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.