|

महोत्तरी : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली सेनाको बोलेरो भ्यान अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा चार जना सैनिक घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेमा बुद्धीमान राय, अकल थापा, सन्तोष विष्ट र चालक दशरथा थारु छन्। घाइते चारै जनाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घाइतेलाई स्थानीयले उद्धार गरि अस्पताल लगेका हुन्।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ। धनुषाको धारापनी मालटोलमा रहेको मध्य पूर्वि पृतना तालिम शिक्षालयमा रहेको उक्त भ्यान  टायर एक्कासी पड्किएर अनियन्त्रित भएको बुझिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.