|

काभ्रे : काभ्रे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि आकाश भैरव क्लब (एविसी)ले जितेको छ। मंगलबार धुलिखेल रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बनेपा ब्वाइज क्लब (विविसी)लाई ट्राइब्रेकरमा चार गोलका विरुद्ध पाँच गोल गर्दै एविसीले उपाधि हात पारेको हो।

फाइनलको  निर्धारित समय र थप गरिएको आठ मिनेटको खेल एक÷एक गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। जसमा एविसीले विविसीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो।  

लिग विजेता एविसीले नगद ५० हजार रुपैयाँसहित  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता विविसीले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जुले खेलाडीहरुलाई ट्रफीसहितका पुरस्कार प्रदान गरे। 

जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विविसीका समन श्रेष्ठ उत्कृष्ट खेलाडी र साइल केसी उत्कृष्ट स्ट्राइकर घोषित हुँदै ट्रफी प्राप्त गरेका छन्। यस्तै, उपाधि चुमेका एविसीका विकास कार्की उत्कृष्ट डिफेन्डर, राजेश कार्की उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट सोनाम वाईबा गोल किपर र एरिज राई उच्च गोलकर्ता घोषित हुँदै सबैले पुरस्कार स्वरुप ट्रफी पाएका छन्।

काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार भएको जिल्ला लिग प्रतियोगितामा आठ टोली सहभागी भएको जानकारी दिए। जिल्ला लिगका विजेता क्लवले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.