|

काठमाडौं :  अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।

पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १  सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। 

अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हुँदा अफगानी अधिकारीहरु सशंकित भएका छन्। 

तालिवानका ५ हजार बन्दी गतवर्ष रिहा गरेको अफगान सरकारले अधिकांश बन्दीले पुनः युद्धमा सहभागिता जनाएकोले थप कैदी रिहाइमा आनाकानी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.