|

काठमाडौं : पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी डाक्टर सरोज रोशन दासले आज बिहान दिनुभएको जानकारी अनुसार ७९ जनाको पिसिआर परीक्षण गर्दा पर्साका २५ जना‚ बाराका २ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमति हुनेमा ३ वर्षदेखि ५९ वर्षसम्मका २० पुरुष र ८ महिला रहेका छन्। संक्रमितमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले नारायाणी अस्पतालमा उपचार भइरहेको छ। अन्य २४ जना होम ओइसोलेसनमा रहेका अस्पतालले जनाएको छ।

यसैबीच मंगलबार दुईजना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज सीमानाकामा नेपाल प्रवेश गर्नेलाई कडाइ गरेको छ। हिजो मृत्यु भएका एकजना भारतको हैदरावादबाट आएका रहेकाले सिमामा नेपाल प्रेवशमा कडाइ गरिएको प्रशासनले जनाएको छ। नारायाणी अस्पतालमा उपचारका क्रममा रहेका दुईजना संक्रमितको मंगलबार मृत्यु भएको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.