|

काठमाडौं : निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले नयाँ वर्षमा डबल डेटा योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत डेटा प्याक किन्दा डबल भोलुमको फाइदा लिन सकिन्छ। साथै‚ हरेक ५० रुपैयाँ वा सोमाथिको रिचार्जमा बोनस डेटा भोलुम लिन सकिने एनसेलले जनाएको छ।

ग्राहकले ३० दिनदेखि १ दिनसम्मका पुरानै शुल्कमा डबल डेटाको सुविधा लिन सक्ने भएका हुन्। यो योजनाअन्तर्गत ४९९ मा ३० दिन समयसिमा रहेको १० जिबी डेटा प्याक लिन सकिन्छ। यससँगै थप १० जिबी डेटा बोनस पाइन्छ।

ग्राहकले ४ ९९ मा २० जिबी (१० जिबी+१० जिबी) डेटाको मजा लिन सक्छन्। बोनस डेटा ३० दिनका लागि मान्य रहने बताइएको छ।

त्यस्तै, १३९ मा १४ दिन समयसिमा रहेको २ जिबी डेटा प्याक किन्दा ४ जिबी डेटा भोलुम (२ जिबी+२ जिबी) को फाइदा लिन सकिन्छ। यस योजनाअन्तर्गत ४२ रुपैयाँमा ८०० एमबी डेटा भोलुम (४०० एमबी+४०० एमबी) तथा १८ मा ३०० एमबी (१५० एमबी+१५० एमबी) डेटाको सुविधा पाइनेछ।

यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट लगायत डिजिटल माध्यमबाट किनेको भए मात्र बोनस डेटा लिन पाइने कम्पनीको भनाइ छ। त्यस्तै‚ डेटा सापटी सेवाअन्तर्गत ४० रुपैयाँमा ३०० एमबी डेटा किन्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डेटा पाइन्छ।

ग्राहकले ५० देखि ९९ को रिचार्जमा योजनाको अवधिभरि ५० एमबी बोनस डेटा पाउनेछन्। बोनस डेटा १ दिनको लागि मान्य रहने छ।

त्यसैगरी १०० देखि १९९‚ दुई सयदेखि २९९‚ ३०० देखि ४९९ सम्मको रिचार्जमा ग्राहकले  क्रमशः १०० एमबी‚ २०० एमबी र ३०० एमबी डेटा बोनस प्राप्त गर्छन्। को रुपमा प्राप्त गर्दछन् ।

ग्राहकले ५०० देखि ९९९ को रिचार्जमा ५०० एमबी बोनस डेटा तथा एक हजार वा सोभन्दा बढीको रिचार्जमा एक हजार एमबी डेटा बोनस स्वरुप पाइन्छ।

*१७१२३ # वा *१७१२३* ७८# डायल गरी आवश्यकता अनुसार डेटा प्याक किन्न सकिन्छ।  मंगलबार (चैत ३१) देखि सुरु भएको यो सुविधा वैशाख १४ सम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.