|

बैतडी : जिल्ला अस्पताल बैतडीमा तीन महिनाअघि जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष जनशक्तिको अभावमा अझै सञ्चालनमा आएको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा  उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। तीन महिनाअघि नै जडान गरिएको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।

गत मंसिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटर सहितको आइसियु कक्षमा उपकरण जडान गरिएको थियो। तर‚ विशेषज्ञ जनशक्तिको अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन नसकिएको प्रमुख जोशीले बताए।

आइसियु कक्ष सञ्चालनका लागि विशेषज्ञ डाक्टरको आवश्यकता पर्दछ। विशेषज्ञ चिकित्सको अभावमा हामीले आइसियु कक्ष सञ्चालनमा ल्याउन सकेका छैनौ।

आइसियु कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता कायमै छ। कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीहरुलाई पनि आइसियुमा राख्नुपर्ने हुन्छ तर त्यस्ता बिरामीहरुलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.