|

धार्मिक नेता साद हुसैन रिजवी र उनका कयौं सहयोगीहरू गिरफ्तारीमा परेपछि समर्थकहरूले पाकिस्तानका अधिकांश स्थानमा प्रदर्शन गरेका छन्। 

त्यहाँ प्रहरीले आतंकवाद प्रतिरोधी कानूनबमोजिम तहरिक–ए–लब्बैज पाकिस्तान पार्टी (टीएलपी) का कयौं नेताहरूलाई पक्राउ गरेको छ।

लाहोर प्रहरीले तहरिक ए लब्बैज पाकिस्तानका प्रमुख साद हुसैन रिजवी र अन्य नेताहरूलाई पाकिस्तानको दण्ड संहिताका अलग–अलग धारा लगाएर पक्राउ गरेको हो। 

साद हुसेन तहरीक–ए–लब्बैक पाकिस्तानका संस्थापक नेता मौलाना खादिम हुसैन रिजवीका पुत्र हुन्। 

आफ्ना नेता समातिएपछि आन्दोलनमा उत्रिएका लब्बैकका समर्थकहरूले ज्यान लिने उद्धेश्यले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।

उनीहरूको आक्रमणमा परि सिपाही मोहम्मद अफजलको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.