|

भक्तपुर : भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको पाँचौ दिन बुधबार बिहानैदेखि भेलुखेलस्थित यसीँख्यो र चुपिङघाटमा ठूलो मेला लागेको छ। धार्मिक तथा सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिने यसीँख्यो र चुपिङघाटमा प्रत्येक वर्ष बैशाख १ मा मेला लाग्ने गर्दछ।

आजको दिन बिहानैदेखि भक्तपुर नगरका टोल टोलमा रहेका परम्परागत धिमेबाजा‚ बाँसुरी, धाँ बाजाका टोलीहरु मेलामा आउने गर्छन्। आज चुपिङघाटमा स्नान गरी लिङ्गो‚ भैरव‚ भद्रकाली र वेतालको दर्शन गर्नाले सुख‚ समृद्घि‚ सहकाल आउनुका साथै शत्रुहरु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ। 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउनुपर्ने लिङ्गो आज पनि उठाउन नसके पनि भक्तजनहरूले ढालिराखेकै लिङ्गोको पूजा र दर्शन गरेका छन्। 

बैशाख १ गतेका दिन यसीँख्योमा राखिएको भैलखःमा विराजमान गराएको मुल देवता भैरव र वेतलालाई बलि चढाउने परम्परा छ। यस दिन यसीँख्यामा लिङ्गो‚ भैरव‚ उनको शक्ति भद्रकाली र वेतालको दर्शनका काठमाडौं    उपत्यकालगायत अन्य जिल्लाहरूबाट समेत भक्तजनहरु आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.