|

गुल्मी : गुल्मीबाट प्युठानको स्वर्गद्वारी तीर्थस्थल जाँदै गरेको गएको जिप दुर्घटना भएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु१ ज १६५५ नम्बरको  जिप स्वर्गद्वारी नगरपालिका-३ तीनरुम्ले र धरमपानीको बीच जंगलमा दुर्घटना  हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको झिमरुक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बुद्धि रानाले जानकारी दिए।

जिपमा १४ जना सवार भएको र मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.