|

मकवानपुर : कोरोना संक्रमणमा परेका मकवानपुरका पत्रकारले बिमा बापतको रकम प्राप्त गरेका छन् । 

जिल्लामा रहेर विभिन्न संचारमाध्याममा क्रियाशील सात जना पत्रकारले जनही एक लाख रुपैयाँका दरले रकम प्राप्त गरेका हुन्। उनीहरुलाइ बुधबार एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरिएको महासंघका जिल्ला अध्यक्ष मणिराज गौतमले जानकारी दिए। 

कोरोना बिमा बापत रकम पाउनेमा पत्रकारहरू हरि हुमागाईं, गणेश दर्पण अधिकारी, सुजन बिडारी, राजन दाहाल (खुशराज), जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल रहेका छन् ।  

पत्रकार दाहालले आफूले प्राप्त गर्ने एक लाख रुपैयाँमध्ये १० हजार रुपैयाँ पेन्सन कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। पत्रकार महासंघ मकवानपुरले ज्येष्ठ पत्रकारलाई पेन्सन वापत आर्थिक सहयोग दिने कार्यक्रम सुरु गरिसकेको छ। 

चेक हस्तान्तरण तथा नव वर्षका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खड्का, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्षहरू नवराज शर्मा, कौशल पाण्डे, राममणि दाहाल, निवर्तमान अध्यक्ष हरि हुमागाईं, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगरलगायतको उपस्थिती थियो । 

कोरोना महामारीका बेला पत्रकार महासंघले नै जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुको जनही एक लाख रुपैयाँको बिमा गरिदिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.