|

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्रीबाट कार्यालयका धेरै अधिकारी र कर्मचारीहरूको कोरोना संक्रमण देखिएपछि उनले मंगलबार स्वाव दिएका थिए। मुख्यमन्त्रीले सोशल मिडियामा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएको थिएँ।  मेरो रिपोर्ट पोजेटिभ आएको छ।’ ५ अप्रिल उनले कोरोना खोपको पहिलो भ्याक्सिन लगाएका थिए।  पछिल्लो समय योगीले पश्चिम बंगाल चुनावमा निरन्तर चुनावी बैठकहरू गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.