|

अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मंगलबार लागेको भीषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ।

अग्नि नियन्त्रकहरूका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ। झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरूले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए।'आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरू भाग्न पनि सकेनन्', उनले भने। आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन।प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका छन्।

विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ। साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरूले परालले छाएका धेरै विद्यालय बनाएका छन्। जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन्। यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.